१२ माघ २०७८, बुधबार
गृह अवैध भरुवा बन्दुक फेला
अवैध भरुवा बन्दुक फेला

पाल्पा । माथागढी गाउँपालिका–५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

सो बन्दुक कसले कहिले फालेको हो भनी खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस


Facebook Comments

हरेक खबर खास खबर