८ माघ २०७८, शनिबार
गृह एउटै किसानका पाँच हजारभन्दा बढी कुखुरा मरे
एउटै किसानका पाँच हजारभन्दा बढी कुखुरा मरे

भरतपुर । कुखुरामा एच नाइन ९९० भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन । भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन ९९० भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए । “काठमाडौँमा परीक्षण गर्दा एच ९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौँ, नयाँलाई मारेका छैनौँ”, डा चापागाईंले भने ।


Facebook Comments

हरेक खबर खास खबर