१२ माघ २०७८, बुधबार
गृह देउखुरी प्रदेश राजधानी बनेपछि दाङमा खुसियाली
देउखुरी प्रदेश राजधानी बनेपछि दाङमा खुसियाली

दाङ । दाङको देउखुरी क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित स्वागत गरेको छ । प्रदेशको भावना समेटेर सबैको पायक पर्ने स्थानमा राजधानी स्थापना भएको समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।


समन्यायीक विकास, जनमतको कदर, संघीयताको मर्म र भावनाअनुसार राजधानी तोकिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

राजधानीको निर्णय कार्यान्वयन, जग्गा व्यवस्थापन र संरचना निर्माणका लागि गाउापालिका पूर्णरुपमा तयारी अवस्थामा रहेको देउखुरीको राप्ती गाउापालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।                                         

Facebook Comments

हरेक खबर खास खबर