७ माघ २०७८, शुक्रबार
गृह निजी विद्यालयले ५ महिनाको शुल्क नलिने
निजी विद्यालयले ५ महिनाको शुल्क नलिने

दोलखा । दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो ।

असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिए । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाइ छ । अनलाइन कक्षा लिने विद्यार्थीले भने मासिक शुल्क तिर्नुपर्नेछ ।


विद्यार्थी र अभिभावकको समस्यालाई बुझ्दै ५ महिनाको शुल्क नलिने निर्णय गरेको अल्पाइन पब्लिक स्कुलका प्रधानाध्यापक उद्धव थापाले जानकारी दिए ।

अल्पाइनले कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेको र सो कक्षा लिने विद्यार्थीलाई मासिक शुल्कमा ३० प्रतिशत छुट दिएको थापाको भनाइ छ । यस अघि लकडाउनका समयमा बन्द रहेका निजी विद्यालयले शुल्क लिन सक्ने भन्दै अभिभावक चिन्तित बनेका थिए ।

Facebook Comments

हरेक खबर खास खबर