१२ माघ २०७८, बुधबार
गृह फेसबुकमा ट्रम्पले लेखेः कोरोना रुघाखोकीजस्तै हो, फेसबुकले हटाइदियो पोष्ट
फेसबुकमा ट्रम्पले लेखेः कोरोना रुघाखोकीजस्तै हो, फेसबुकले हटाइदियो पोष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सामान्य रुघाखोकी भएको भन्दै विवादास्पद स्टाटस फेसबुकमा पोष्ट गरेका छन् ।

कोभिड–१९ रुघाखोकी जस्तै मात्र भएको भनी सामाजिक सञ्जालमा लेखेपछि फेसबूक र ट्विटरले ट्रम्पका पोष्ट हटाइदिएको हो ।
फेसबूकमा २६ हजार शेयर भएपछि पोस्ट हटाइएको क्राउडट्यांगल नामक मेट्रिक टूलले देखायो ।


कोरोनाभाइरससम्बन्धी गलत सूचना फैलाउन नपाइने नियमलाई ट्रम्पको पोस्टले उल्लंघन गरेको उनीहरूको जिकिर छ । हामीले कोभिड–१९ को गम्भीरताका विषयमा दिइएको गलत सूचना हटायौं,’ फेसबूकका एक प्रवक्ताले रोयटर्स समाचार संस्थालाई बताए ।

फेसबूकले राजनीतिकर्मीहरूलाई थर्ड पार्टी फ्याक्ट चेकिङ प्रोग्रामबाट मुक्ति दिने गरेको छ । उसले ट्रम्पविरुद्ध दुर्लभै मात्र कारवाही गर्ने गरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर