७ माघ २०७८, शुक्रबार
गृह चिनजानकै महिलाबाट ६ वर्षीय बालक अपहरण
चिनजानकै महिलाबाट ६ वर्षीय बालक अपहरण

दमौली । चिनजानकै महिला बाट ६ बर्षीय बालक अपहरण भएका थीय ।  व्यास ४ वागभञ्ज्याङमा खेल्दै गरेका ६ वर्षीय दिप्सन श्रेष्ठ मंगलबार दिउँसोबाट बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले एक महिलाले लिएर गएको भने पछि परिवार चिन्तित भए । साँझसम्म केही खबर नपाएपछि अपहरणको आशंकामा परिवारले खोजीका लागि प्रहरीमा मौखिक उजुरी पनि दिय ।

दिउँसो ३ बजे बेपत्ता बालकलाई प्रहरीले १७ घण्टापछि बुधबार महिलासँगै भेटाएको छ । घटनालगत्तै अपहरणकै आशंकामा खोजी थालेको प्रहरी रातभरमा महिलाको पहिचान गर्दै बुधबार बिहानै उनको माइती पुगो.को थियो ।


तर ति महिलाको माइतीमा उनि थिइनन् । कास्कीको पोखरा उपमहानगरपालिका बहुमारास्थित माइतीमा पुगेकी २० वर्षीया सबिता परियारलाई त्यसको केही घण्टाभित्रै प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि चेकजाँचका क्रममा पक्रेको हो । घटनालगत्तै हामीले खोजी अभियान तीव्र पारेको र ुअहिले पक्राउ गरेर अनुसन्धान गरीरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

लैजाने व्यक्ति र ठाउँको पहिचान भइसकेपछि प्रहरी टोली पक्राउ गर्न गएका बेला उनी त्यहाँबाट हिँडिसकेको सूचना पाएपछि प्रहरीले राजमार्गमा चेकजाँच बढाएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए । ुबहुमाराबाट हिंडिसकेको पाएपछि राजमार्गका ठाउँठाउँमा चेकजाँच गर्दा दमौलीमा पक्रेका हौं,  उनले भने ।

पक्राउ परेकी महिलाले आफ्नो छोरासँग भेटाउन बालकलाई लगेको भने पनि उनको व्यवहारले घटना अपहरणजस्तै देखिएको भन्दै परिवारले अपहरण उद्योगमा जाहेरी दिने तयारी गरेको छ । अधिवक्तासमेत रहेका श्रेष्ठले भने ुप्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

अपहरण नै भएकाले जाहेरी दर्ता गर्दैछौं । घरमा खेलिरहेका दिप्सनलाई चिज बल्स दिएर परियारले आफैसँग लगेकी थिइन ।
यो भन्दा पहिले पनि उनि घरमा आउने हुनाले परिवार ले थाहा नपाएको बताएका छन ।

Facebook Comments

हरेक खबर खास खबर