१२ माघ २०७८, बुधबार
गृह तास खेलिरहेका ६ जना पक्राउ
तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । राजधानीको बाफलबाट तास खेलिरहेका ६ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ३ घर भएका ३८ वर्षीय नारायण श्रेष्ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ६ जना रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका(१३ बाफलमा बौद्ध बस्दै आएका उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।

उक्त क्याफेभित्र तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार ७ सय २५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर