१२ माघ २०७८, बुधबार
गृह आईपीएलमा चेन्नई र कोलकात्ता भिड्दै
आईपीएलमा चेन्नई र कोलकात्ता भिड्दै

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा चेन्नई सुपर किङ्स र कोलकात्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा हुने खेलमा दुबै टोली जित निकालेर अंकतालिकामा आफ्नो स्थान सुधार चाहन्छन् ।


चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ भने कोलकात्ताको कप्तानी दिनेश कार्तिकले गरिरहेका छन् । जारी आईपीएलमा चार खेल खेलेको कोलकात्ता चार अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ । पाँच खेलबाट चार अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।

Facebook Comments

हरेक खबर खास खबर