७ माघ २०७८, शुक्रबार
गृह अनसनरत डा. केसीको बीपी घटेर ७०/५० मा र्झयो, स्वास्थ्य अवस्था गम्भीर
अनसनरत डा. केसीको बीपी घटेर ७०/५० मा र्झयो, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ ।डा केसीका सहयोगी प्रितम सुवेदीका अनुसार बुधबार बिहान डा केसीको ब्लड प्रेसर घटेर ७०/५० मा पुगेको हो ।

अनशन लम्बिदै जाँदा डा. केसीको मुटुको चालमा गम्भीर समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।


उनलाई कतिबेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्था गम्भीर बनेपनि केसीले वार्ता टोलीले आफुसंग सम्झौता नगरेसम्म अनसन नतोड्ने बताउँदै आएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर