१२ माघ २०७८, बुधबार
गृह यही रफ्तारमा संक्रमण बढे काठमाडौंका अस्पतालले भार थेग्न सक्दैनन्ः मन्त्रालय
यही रफ्तारमा संक्रमण बढे काठमाडौंका अस्पतालले भार थेग्न सक्दैनन्ः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि रफ्तारमा कोरोना भाइरस संक्रमण फैलिदै गए काठमाडौं उपत्यकाका अस्पतालहरूले भार थेग्न नसक्ने बताएका छन् ।

मन्त्रालयको पत्रकार सम्मेलामा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेडको अभाव हुँदै गएको बताए ।


प्रवक्ता गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी दिए । संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि गौतमले बताए ।

पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन समेत गौतमले आग्रह गरे ।

२४ घण्टामा ३ हजार ४३९ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार २०९ जनामा पीसीआर परिक्षण गर्दा ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

आज थपिएका संक्रमित हरुमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना रहेका छन् । आज काठमाडौं जिल्लामा १ हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै आजै थप १ हजार १ सय २६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङका ४० र ६० बर्षिय २ पुरुष, सिराहाका ५० बर्षिय महिला रौतहटका ७२ बर्षिय महिला, काठमाडौंका ६६ र ७२ बर्षिय २ महिला र ४५,५३,६४,६९ बर्षिय ४ पुरुष, ललितपुरमा ४६ बर्षिय पुरुष, चितवनमा ६१ बर्षिय पुरुष, रुपन्देहीमा ५५ र नवलपरासीमा ७६ बर्षिय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

Facebook Comments

हरेक खबर खास खबर