७ माघ २०७८, शुक्रबार
गृह जिप दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु
जिप दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट । जिप दुर्घटना हुदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं।को जिप दुर्घटना भएको हो । दुर्घटनामा जुनीचाँदे वडा नं। ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन। दुर्घटनामा परेका २ जनाको पत्ता लागेको छैन । जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । डिएसपी श्रेष्ठले का अनुसार जिपऔलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको हो ।


घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर