१२ माघ २०७८, बुधबार
गृह बीस किलो चरेस सहित एकजना प्रकाउ
बीस किलो चरेस सहित एकजना प्रकाउ

काठमाडौं । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेससहित एक जनालाई प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाउपालिका २ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी नीरिक्षक भोजराज पाण्डेका अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन ।

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी नीरिक्ष्क पाण्डेका अनुसार उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको हो । उनीमाथी जिल्ला अदालत धादिङबाट म्याद थप पश्चात थप अनुसन्धान भइरहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर