७ माघ २०७८, शुक्रबार
गृह जाजरकोट जीप दुर्घटनाः वडाध्यक्ष र स्वास्थ्यकर्मी सहित मृतकको संख्या ६ पुग्यो (अपडेट)
जाजरकोट जीप दुर्घटनाः वडाध्यक्ष र स्वास्थ्यकर्मी सहित मृतकको संख्या ६ पुग्यो (अपडेट)

जाजरकोट । जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम खलंगाबाट जुनीचाँदको परालेका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे–१ औलखोलामा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अन्दाजी ५० वर्षीय अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अन्दाजी ६० वर्षीय कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय अन्दाजी ३१ वर्षीय खेमराज शाही र २९ वर्षीय कृष्णबहादुर शाही अन्दाजी ३५ वर्षीया मालिका बस्नेत रहेका जाजरकोटका प्रहरी निरीक्षक महेश आचार्यले बताए ।


मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ । १ जना खोलामा बगेर बेपत्ता भएका छन् । जीप सडकबाट करीब २५० मिटर तल खोलामा खसेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर