१२ माघ २०७८, बुधबार
गृह कोलकातासँग चेन्‍नइ १० रनले पराजित
कोलकातासँग चेन्‍नइ १० रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार साँझको खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा कोलकाता नाइट राइडर्सले चेन्‍नइ सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । यससँगै कोलकाताले तेस्रो जित दर्ता गरेको छ ।

उक्त खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइले २० ओभर ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।


यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १६७ रन जोडेको थियो ।

खेलमा चेन्‍नइका लागि शेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायुडुले ३० र  रविन्द्र जडेजाले २१ रन बनाए । त्यस्तै बलिङतर्फत कोलकाताका लागि ५ खेलाडीले एक(एक विकेट लिए ।

ब्याटिङमा कोलकाताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रन, सुभमन गीलले ११ रन, नितिश रानाले ९ रन, इयोन मोर्गनले ७ रन, सुनिल नारनले १७ रन, आन्द्रे रासेलले २ रन,  दिनेश कार्तिकले १२ रन र पाट कमिन्सले १७ रन बनाए । त्यस्तै चेन्नईका लागि बलिङमा डवाने ब्राभोले ३ विकेट र अन्य ३ खेलाडीले दुई दुई विकेट लिए ।

Facebook Comments

हरेक खबर खास खबर