१२ माघ २०७८, बुधबार
गृह गाँजा सहित वडा सदस्यका छोरा पक्राउ
गाँजा सहित वडा सदस्यका छोरा पक्राउ

पर्सा । पर्सामा गाँजा सहित वडा सदस्यका छोरा पक्राउ परेका छन् । जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा ४० वर्षीय राज ओझैयालाइ प्रहरीले गाँजा सहित पक्राउ गरेको हो ।

वडा नम्बर ५ देवरिया टोल स्थित राजको घरमा बिहीबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरी राखिएको १ क्विन्टल ३१ केजी गाजा बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।


गाजासहित पक्राउ परेका राजलाई प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्।

Facebook Comments

हरेक खबर खास खबर