८ माघ २०७८, शनिबार
गृह थप एक संक्रमितको मृत्यु
थप एक संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना पुरुषको कोरोना संक्रमणले भएको छ । बुटवल उपहानगरपालिका वार्ड नम्बर ६ का ८० बर्षीय पुरुषको आज दिउँसो १ बजेर २५ मिनेट जादाँ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

साथै बुधबार कोरोना बिशेष अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेका थिए । उनमा बुधबार नै कोरोना पोजटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ । यता आजनै रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत एक संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर