८ माघ २०७८, शनिबार
गृह महिलालाई बोक्सी भन्दै, महिलाको दाँत नै तोड्ने व्यक्ति पक्राउ
महिलालाई बोक्सी भन्दै, महिलाको दाँत नै तोड्ने व्यक्ति पक्राउ

काठमाडौं । ‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गरेको आरोपमा फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। सिरहाको नवराज गाउँपालिका ५ का २० वर्षीय सन्तोष यादव पक्राउ परेका हुन्। । उनीसहितका ८ जनाले गाउँकै महिलालाई राति बोलाएर कुटपीट गरेका थिए ।

उनीहरुले गत भदौ २७ गते मुर्तीदेवी यादवलाई राति धर्मनाथ यादवको घरमा लगि सामुहिक रुपमा कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको २ ओटा दाँत भाँचिएका छन्। डीआईजी धिरजप्रताप सिंहका अनसार सन्तोषलाई प्रदेश नं २ प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले नेपाल–भारत सीमा ठाँडीबाट पक्राउ गरेको हो ।


Facebook Comments

हरेक खबर खास खबर