७ माघ २०७८, शुक्रबार
गृह अनशनरत डा केसी माग पूरा गर्न भन्दै नेविसंघको प्रदर्शन
अनशनरत डा केसी माग पूरा गर्न भन्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।कोटेश्वरमा विरोध प्रदर्शन गर्दै गरिब जनताको पक्षमा आवाज उठाउने डा केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले बताए ।

सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा केसीका माग सम्बोधन गर्न नचाहेको उनले बताए ।


विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए । ‘डा गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए । डा केरीको स्वास्थ्य अवस्था नाजुक हुदै गइरहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर