७ माघ २०७८, शुक्रबार
गृह अनुमती बीना प्रहरीको पोसाक प्रयोग गर्नेलाई कारबाहीको चेतावनी
अनुमती बीना प्रहरीको पोसाक प्रयोग गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । अनुमती बिना प्रहरीको पोसाक प्रयोग गर्ने चेतावनी दिएको छ । बिहीबार सूचना प्रकाशित गरी प्रधान कार्यालयले अनधिकृत रुपमा प्रहरीको पोसाक दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल प्रहरीले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै सचेत गराएको छ ।


प्रहरीले प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराएको छ ।

यस्तै, स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर