१२ माघ २०७८, बुधबार
गृह सरकारको आग्रह यसपालीको दशैंमा पिङ नहाल्नु हाेस
सरकारको आग्रह यसपालीको दशैंमा पिङ नहाल्नु हाेस

काठमाडौं । यसपालीको दशै तिहारमा पिङ नहालन सरकारले आग्रह गरेको छ । दशैं तिहारमा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहाल्न आग्रह गरेको हो ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दशैंका कारण देशको कुनाकाप्चासम्म कोरोना संक्रमण विस्तार हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन । दशैंका बेलामा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहालौं डा गौतमले भने ।


साथै उनले यसपालिको दशैंमा मन्दिरमा पूजारी मात्र उपस्थित भएर पूरा गर्ने व्यवस्था मिलाउन सबै सरोकारवाला निकाय र संस्थाहरूसँग आग्रह गरेका छन ।  पिङ हाल्दा भिडभाड हुन्छ भीडभाड भयो भने देशको कुना कप्चा सम्म पनि कोरोना फैलिन सक्छ । देशका हरेका ठाँउमा स्वास्थ्थ सेवा उपलब्ध नभएका कारण कोरोना भाइरस फैलिए पछि ठुलो समस्या आउने भएकाले यस पालिको दशैमा पिङ नहाल्न आग्रह गरेको हो ।

Facebook Comments

हरेक खबर खास खबर