१२ माघ २०७८, बुधबार
गृह अमेरिकामा बैंक लुट्दै गर्दा एक जना नेपाली पक्राउ
अमेरिकामा बैंक लुट्दै गर्दा एक जना नेपाली पक्राउ

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा बैंक लुट्ने क्रममा एक जना नेपाली प्रकाउ परेका छन । प्रकाउ पर्नेमा ३० वर्षीय सम्राट् लामा रहेका छन । गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन् ।

मंगलबार बिहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए । फोन कल प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरू बैंकमा पुगेका थिए । तर लामा बैंकभित्रै रहेका थिए, उनि भाग्न सफल नभए पछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो ।


Facebook Comments

हरेक खबर खास खबर