१२ माघ २०७८, बुधबार
गृह १२० विवाह गरेर दुनीयाँमा चर्चीत बन्न सफल यि पुरुष
१२० विवाह गरेर दुनीयाँमा चर्चीत बन्न सफल यि पुरुष

थाईल्यान्ड । १२० विवाह गरेर दुनीयालाई आश्चर्य चकित बनाउन सफल भएका छन एक पुरुष । धेरै देशहरुमा कानुनी झन्झटले गर्दा केवल एक पुरुषले एक पत्नी मात्र राख्छन्।, तर थाईल्यान्डका एक ५८ वर्षका व्यक्तिले १२० वटा विवाह गरेर दुनियाँलाई आश्चर्यचकित बनाएका छन । थाइल्यान्डको नायोक प्रान्तमा बस्ने तम्बजले कुल एक सय २० जना सीत विवाह गरेका छन । तन्कज नायोक प्रान्तको फ्रामनी जिल्लाका प्रमुख हुन ।

थाइल्यान्डमा बहुविवाह प्रतिबन्धित छ । यति हुँदा पनि तम्बनले अबैध तरिकाले धेरै विवाह गर्न सफल भएका हुन । तम्बनले कुनै महिलासँग विवाह गर्नु अगाडि नै आफ्ना श्रीमतीलाई विवाहको बारेमा कुरा गरेका हु्न्छन । पत्नीलाई मात्र नभएर आफ्ना आमा बाबुलाई पनि पहिले नै जानकारी दिदै आएका छन । सबैलाई जानकारी दिएपछि पुरै रिवाज र परम्पराको साथमा विवाह गर्ने गरेका छन । तम्बनले भर्खर मात्र फोन नाम गरेकी महिलासँग विवाह गरेका छन । फोनको उमेर २७ वर्षको भएको छ ।


तम्बनको पहिलो विवाह १७ वर्षको उमेरमा भएको थियो । पहिलो पत्नीबाट उनका तीन बच्चा पनि छन । तम्बनले धेरै विवाह गर्नुको कारण आफ्नो कन्ट्रक्शन बिजनेस शुरु गरेपछि धेरै महिलासँग भेटेको बताएका छन ।
विवाह गरेका मध्ये धेरै जसो युवति नै हुन्थिन । विवाह गर्दा आफ्नो बारेमा सबै कुरा बताउने भएकाले पछि ति युवतिले सम्बन्धमा कुनै त्यस्तो असर नगर्ने जनाइएको छ ।
वर्तमान समयमा एक सय २० पत्नी र २८ जना बच्चाहरु छन । धेरै पत्निहरुको त उनले छुट्टै घर पनि बनाएका छन । सबैको आवस्यकाता पु्रा गर्ने हुनाले पछिल्लो विवाह गरेकोमा कुनै पनि पत्निले बिरोध नगेको पनि तम्बनले बताएका छन ।

Facebook Comments

हरेक खबर खास खबर