७ माघ २०७८, शुक्रबार
गृह बाबुरामले भनेः ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण दिन तयार छु
बाबुरामले भनेः ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण दिन तयार छु

गोरखा । पूर्वा प्रधानमन्त्री तथा जनता समाजवपादी पार्टी वरिष्ठ नेता डा. वावुराम भट्टराइले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत आयोजनाको ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण पेश गर्न तयार रहेको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका–६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराइले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका हुन् ।


‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् ।

अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए ।

Facebook Comments

हरेक खबर खास खबर