८ माघ २०७८, शनिबार
गृह पीसीआर ल्याब सञ्चालनका लागि आलिताल गाउँपालिकाको १० लाख सहयोग
पीसीआर ल्याब सञ्चालनका लागि आलिताल गाउँपालिकाको १० लाख सहयोग

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाले पीसीआर ल्याब सञ्चालनका लागि १० लाख सहयोग गरेको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङले डडेल्धुरा अस्पताललाइ १० लाखको चेक हस्तानान्तरण गरेका हुन् । हाल डडेल्धुरा सदरमुका स्थित डडेल्धुरा असपतालबाट पीसीआर परिक्षण भइरहेको छ ।

यसअघि अमरगढी नगरपालिकाले २० लाख, नवदुर्गा गाउँपालिका र गन्यापुरा गाउँपालिकाले १०/१० लाख ल्याव सञ्चालनका लागि सहयोग गरिसकेका छन् ।


चेक हस्तानान्तरण गर्दै गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले डडेल्धुरामा स्थापना भएको कोभिड ल्याबलाइ थप ब्यबस्थित पार्नका लागि सहयोग गरिएको बताए ।

Facebook Comments

हरेक खबर खास खबर