७ माघ २०७८, शुक्रबार
गृह कृषि ज्ञान केन्द्र कंचनपुरका निमित्त प्रमुख भट्टको विदाई
कृषि ज्ञान केन्द्र कंचनपुरका निमित्त प्रमुख भट्टको विदाई

कृषि ज्ञान केन्द्र कंचनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टको विहिवार विदाई गरिएको छ । नयाँ कार्यालय प्रमुखका रुपमा डाक्टर दिल बहादुर विष्ट कंचनपुर आएपछि उनलाई एक कार्यक्रमका बीच भव्यताका साथ विदाई गरिएको हो । यसका साथै नयाँ कृषि ज्ञान केन्द्र कंचनपुर प्रमुख विष्टलाई सोही कार्यक्रममा स्वागत गरिएको छ ।

विगत एक वर्षदेखि निमित्त प्रमुखका रुपमा रहेका भट्टले यहाँ रहदाँ कार्यालयको सेवाप्रवाह र गरिखाने किसानका लागि सकारात्मक कार्यहरु गर्दै ज्ञान केन्द्रको छविलाई माथि उकास्न प्रयास गरेको किसान अगुवा तथा स्थानीयहरुको मूल्यांकन रहेको देखिन्छ ।


यद्यपि, उनकै कार्यकालमा भ्रष्टाचारको आरोप लगाउदै कतिपय किसानका नाममा चरिखाने र जालीहरुले आफू विरुद्ध षड्यन्त्र बुनेको तथा छुटा मुद्दा अख्तियारमा दायर गरेको विदाई भएर डडेल्धुरा कृषि ज्ञान केन्द्र प्रमुखका रुपमा जाँन लागेका भट्टको दावी छ।

‘‘गरिखाने र चरिखाने दुई थरी उपभोक्ता छन्, चरिखानेका विरुद्धमा लाग्दा आत्तिएर आफूलाई छुटा मुद्दा फसाउन खोजे’’ उनले आफूहरुले कंचनपुरमा विधि र पद्धति बसाउन खोजेको भन्दै त्यसको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

यस्तै, कार्यक्रमका सभापति समेत रहेका नयाँ कंचनपुर कृषि ज्ञान केन्द्र प्रमुख विष्टले विदाई भएका भट्ट कार्यक्रममा विदाई भएका निमित्त भट्टलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र कंचनपुरका जनक सिंहले गर्नुभएको थियो ।

सिंहले आफूले एक दशकमा सबैभन्दा उत्कृष्ट तथा मिलनसार प्रमुखसँग काम गर्ने अवसर पाएको भन्दै उनले भट्टको नेतृत्वमा कंचनपुरमा विभिन्न किसान मैत्री कामहरु भएको र कृषि क्षेत्रको विकासका लागि उदाहरणीय भूमिका खेल्नु भएकोमा धन्यवाद तथा बधाई ज्ञापन गर्दै अगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

साथै उक्त अवसरमा धानसुपर जोन कंचनपुरकी प्रमुख सन्जु रिमाल जोशी,अगुवा किसानहरु, कृषि सहकारीका प्रतिनिधिहरु, ज्ञानकेन्द्रका कर्मचारी, संचारकर्मी लगायतका कृषि सँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएकाहरुको समुपस्थितिमा डा विष्टको स्वागत र भट्टको विदाई कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर