८ माघ २०७८, शनिबार
गृह १४ वर्षका किशोर पाइलट
१४ वर्षका किशोर पाइलट

संयुक्त अरब अमिरेट्समा बस्ने १४ वर्षीय भारतीय मूलका एक किशोर मंसुर अनीश यस्तो गरेका छन् जसले सबैलाई एकछिन सोच्न बाध्य बनाएका छन् । वास्तवमा मंसुर अनीसले १५२ एयरक्राफ्ट नामको फ्लाइट करबि १० मिनेटसम्म उडाएका थिए । उनी कुनै अनुभवी पाइलट भन्दा कम लागेका थिएनन् ।

त्यति सानो उमेरमा एयर क्राफ्ट आकाशमा उडाउनु चानचुने कुरा होइन्, तर उनले उडाएर देखाए । मंसुरले विद्यार्थी पाइलटको परमिट प्राप्त गरेका छन् ।


मंसुरलाई एविएशनले फ्लाइट अकादमीको सर्टिफिकेट दिएको हो । पाइलटको सर्टिफिकेट दिनु भन्दा पहिला उनले केही प्रकारका फ्लाइटका जाँच दिएका थिए । जसमा उनी पास भएका हुन् ।

मंसुरका पिता अली अनीस नागपुरमा बस्ने गर्छन् । मसुंरको काका पाइलट हुन् । काकाको अनुसार भतिज मंसुर सानै देखि पाइलट बन्न चाहान्थे । उनले सानैमा खेलौना पनि प्लेन वा हेलिकप्टर चाहान्थे । मसुंरले १५ वर्षमा पाइलट बन्नेको रेर्कड तोडेका छन् । एजेन्सी

Facebook Comments

हरेक खबर खास खबर