१२ माघ २०७८, बुधबार
गृह बैतडीमा जीप दुर्घटना,५ घाईते
बैतडीमा जीप दुर्घटना,५ घाईते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका र उनीहरुको अवसथा समान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारि दिए । १० जना सवार जीप सडकबाट करीब ३० मितर तल खसेको थियो ।


Facebook Comments

हरेक खबर खास खबर