७ माघ २०७८, शुक्रबार
गृह दाङको तुलसीपुर १३ का वडा अध्यक्षको निधन
दाङको तुलसीपुर १३ का वडा अध्यक्षको निधन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ । निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।


छोरा पोषणका अनुसार उनलाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट उपचार पछि घर गएका थिए ।

वडाध्यक्ष न्यौपाने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट अत्यधिक मतसहित निर्वाचित भएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर