१२ माघ २०७८, बुधबार
गृह यी हुन् पुटिनकी प्रेमिका, जुम्ल्याहा सन्तान जन्माएपछि बेपत्ता
यी हुन् पुटिनकी प्रेमिका, जुम्ल्याहा सन्तान जन्माएपछि बेपत्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका भनिएकी अलिना काबाएभासार्वजनिक रूपमा देखिएकी छैनन् । पोहोर साल जुम्ल्याहा सन्तान जन्माएपछि साथीहरूसँग सम्पर्क तोडेको र गायब भएको बताइएको छ ।

काबाएभा ३७ वर्षीया ओलम्पिक स्वर्ण पदक विजेता हुन् । सन् २०१८ मा अन्तिमपटक देखिँदा उनी दुई महिनाकी गर्भवती भएको र जुम्ल्याहाहरूका पिता पुटिन भएको बताइएको छ ।


उनले मस्कोस्थित क्लिनिकमा सन् २०१९ को अप्रिल महिनामा जुम्ल्याहा केटाहरू शल्यक्रियामार्फत जन्माएको बताइन्छ । तर उनी र पुटिन दुवैले यसको पुष्टि गरेका छैनन् ।

सार्वजनिक रूपमा गायब भए पनि उनले आफ्नो टीमका अर्की खेलाडीकी आमाको चिहानमा फूल चढाउनका लागि जाने गरेको काबाएभाका एक साथीले बताएका छन् ।

सन् २००० को दशकमा काबाएभाको चर्चा चुलिएको थियो । उनी सफल रुसी खेलाडीहरूको समूहमा पर्थिन् । ल्यासान उतियाशेवा र इरिना चाशचिनासँगै उनले धेरैवटा पदक जितेकी थिइन् ।

पोहोर साल उनले जुम्ल्याहा सन्तान जन्माएको हल्ला चल्दा कुलाकोभ अस्पताल पूरै खाली गराएको कुरा पनि उठेको थियो ।

अस्पताल खाली गराएको खबर मोस्कोव्स्की कोमसोमोलेट्स नामक पत्रिकाले आफ्नो वेबसाइटमा दिएको थियो तर अचानक त्यसलाई डिलिट गरिदियो ।

मोस्कोव्स्की कोरेस्पोन्डेन्ट नामक पत्रिकाले सन् २००८ मा काबाएभा र पुटिनले इंगेजमेन्ट गरेको खबर दिएपछि त्यसको खण्डन गरिएको थियो र पत्रिका नै बन्द गराइएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर