१२ माघ २०७८, बुधबार
गृह यस वर्षकाे नाेबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई
यस वर्षकाे नाेबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ । आज स्टकहोममा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।

संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।


डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीले जानकारी दिएको छ ।

विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो । नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।

Facebook Comments

हरेक खबर खास खबर