१२ माघ २०७८, बुधबार
गृह आइशोलेसनमा नबस्ने संक्रमितले ६ महिना जेलको हावा खानुपर्ला !
आइशोलेसनमा नबस्ने संक्रमितले ६ महिना जेलको हावा खानुपर्ला !

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसे ६ महिना कैद सजाय हुने भएको छ ।

संक्रमितहरु आइसोलेसनमा नबसेको सूचना प्राप्त भएको भन्दै स्वास्थ्य तथा जनसंखया मन्त्रालयक नियमित मिडिया ब्रिफिङमा प्रवक्ता गौतमले आइसोलेसनमा नबस्ने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुन सक्ने बताए ।


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्ले २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख ६७६ पुगेको जानकारि दिए ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौंमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सहित उपत्यकामा १ हजार ४ सय ९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनामा पीसीआर परिक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ६ सय ८० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ७३ हजार २३ पुगेको छ । आज देशभर ४,७०३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

Facebook Comments

हरेक खबर खास खबर