१२ माघ २०७८, बुधबार
गृह प्रेस काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापना गर्ने
प्रेस काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापना गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन अनुसन्धानमा सघाउ र्पुयाउने उद्देश्यले प्रेस संग्रालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारि दिएका छन् ।


काउन्सिलले सञ्चारसँग सम्बन्धित पुराना उपकरणहरु रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री भए उपलब्ध÷जानकारी गराउन सम्बन्धितलाई आग्रह गरेको छ ।

त्यस्ता ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने र निःशुल्क प्राप्त हुन नसकेको खण्डमा खरिद समेत गरी संग्रह गर्ने तय भएको जानकारि दिए । 

Facebook Comments

हरेक खबर खास खबर