७ माघ २०७८, शुक्रबार
गृह अमेरिकी राष्ट्रपति ट्रम्प र उम्मेदवार वाइडेन बीचको दोस्रो टिभी बहस रद्द
अमेरिकी राष्ट्रपति ट्रम्प र उम्मेदवार वाइडेन बीचको दोस्रो टिभी बहस रद्द

अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ ।

राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाएको हो ।


राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उनमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।

जनस्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रत्यक्ष कार्यक्रम रद्द गरेर भर्चुअल बहसका लागि गरिएको प्रस्तावलाई ‘समयको बर्बादी’ भन्दै ट्रम्पले सहभागि नहुने जनाएपछि दोस्रो बहस नै रद्द गरिएको हो ।

अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुनेछ ।

Facebook Comments

हरेक खबर खास खबर