७ माघ २०७८, शुक्रबार
गृह लेबनानमा तेल ट्यांकर बिस्फोट: ४ जनाको मृत्यु, २० घाइते
लेबनानमा तेल ट्यांकर बिस्फोट: ४ जनाको मृत्यु, २० घाइते

लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट भएको बताइएको छ । साँघुरो सडकमा भएको बिस्फोटलगत्तै आगोको मुस्लो फैलिएको बताइएको छ ।


बिस्फोटका आवाजले नजिकै रहेका घरका झ्यालका सिसाहरु फुटेको त्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत अगस्तमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विस्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो । एजेन्सी ।

Facebook Comments

हरेक खबर खास खबर