७ माघ २०७८, शुक्रबार
गृह दुईलाख रुपयाँ सहित जुवा खेलिरहेका ६ जना प्रकाउ
दुईलाख रुपयाँ सहित जुवा खेलिरहेका ६ जना प्रकाउ

काठमाडाै‌‌‌‌ । जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति मोरङको बेलवारी नगरपालिका वडा नम्वर ४ गर्जुराम टोलमा अशोक राईको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बेलवारी नगरपालिका ३ का ४० वर्र्षीय रित गुरुङ, सुजय गौतम, चन्द्र लिम्बु, धर्मेन्द्र राई, प्रदिप तामाङ र पर्शराम भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकरी दिए । उनीहरुको साथबाट प्रहरीले दुई लाख त्रिपन्न हजार रुपैयाँ पैसा समेत बरामद गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर