१२ माघ २०७८, बुधबार
गृह गण्डकी प्रदेशमा थपमा ३१ जनमा संक्रमण
गण्डकी प्रदेशमा थपमा ३१ जनमा संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको पहिलो विज्ञप्ति अनुसार संक्रमित हुनेमा सबैभन्दा धेरै नवलपुरका छन । उक्त जिल्लामा २३ जना संक्रमित थपिएको र सबै गैडाकोट निवासी रहेका छन ।
आज कास्कीमा थपिएका ६ जना संक्रमित सबै पोखरा महानगरका रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै लमजुङ र म्याग्दीका एकरएक जनामा पनि संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ६ सय ७९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देेशक डा विनोद विन्दु शर्माले बताए ।

Facebook Comments

हरेक खबर खास खबर