७ माघ २०७८, शुक्रबार
गृह अर्मेनिया र अजरबैजान युद्धविरामका लागि सहमत
अर्मेनिया र अजरबैजान युद्धविरामका लागि सहमत

काठमाडौं । अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार भएका छन् । मस्कोमा शनिबार बिहानदेखि सुरु भएको १० घण्टाको लामो वार्तापछि दुवै पक्ष युद्धविरामका लागि तयार भएको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले बताएका छन् ।

सीमा क्षेत्र नार्गोनो–काराबाख क्षेत्रमा दुई हप्तादेखि भइरहेको तनाव तत्कालका लागि रुसी मध्यस्थतामा अन्त्य हुने देखिएको छ । रुसी विदेशमन्त्रीका अनुसार रेडक्रसले द्वन्द्वग्रस्त क्षेत्रमा मध्यस्थता र मानवअधिकारका कार्यक्रम सञ्चालन गर्नेछ ।


गत सेप्टेम्बर २७ यता सुरु भएको दुई देशबीचको युद्धमा करिब ३ सय जनाको मृत्यु भएको हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएको अलजजीराले उल्लेख गरेको छ ।

२०१६ देखि उक्त सीमा क्षेत्रमा दुई देशबीच पटक–पटक झडप हुँदै आए पनि पछिल्लो पटक युद्धकै स्तरमा दुवै देशद्वारा गोली हानाहान र ड्रोन आक्रमण भएको हो ।

रुसी विदेशमन्त्री लाभ्रोमले वार्ताको पूरा विवरण बताएनन् तर युरोपेली सुरक्षाका लागि साझेदारी (ओएससीई) को मिन्स्क समूहले दुई देशबीच शान्ति पुनःस्थापनाका लागि पहल गर्ने बताए । मस्कोमा अर्मेनिया र अजरबैजानका विदेशमन्त्री सहभागी थिए ।

Facebook Comments

हरेक खबर खास खबर