८ माघ २०७८, शनिबार
गृह त्रिविको उत्तरपुस्तिका नष्ट प्रकरणमा काठमाडौँका एसएसपी ज्ञवालीविरुद्व उजुरी
त्रिविको उत्तरपुस्तिका नष्ट प्रकरणमा काठमाडौँका एसएसपी ज्ञवालीविरुद्व उजुरी

काठमाडौं । त्रिविको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डीएसपी देवि प्रसाद पौडेलविरुद्व उजुरी परेको छ ।

स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवालीसहितका प्रहरी अधिकृतविरुद्व प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका हुन् ।


उजुरीमा त्रिभुवन विश्वविद्यालयले नियमविपरित उत्तरपुस्तिका धुल्याएको घटनाको अनुसन्धान, तहकिकातका अतिरिक्त आवश्यक प्रमाण संकलन नगरी प्रहरीले तामेलीमा राखेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले उजुरीलाई सामान्य विषय भएको र उजुरीकर्ता आफै थाक्नेछ भनेर हल्का रुपमा लिदैं आएका थिए । उजुरीमा ज्ञवालीसहितका प्रहरी अधिकृतलाई कारवाहीको माग गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर