७ माघ २०७८, शुक्रबार
गृह सिडिओसहित ६ कर्मचारीमा संक्रमण पुष्टि
सिडिओसहित ६ कर्मचारीमा संक्रमण पुष्टि

सर्लाही । सर्लाहीका सिडिओसहित ६ कर्कचमरीमा संक्रमण पुयिट भएको छ ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्ला प्रशासन कार्यालयका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सनीबार दिउँसो प्राप्त रिपोर्टअनुसार सिडिओ पौडेल, उनका सुरक्षागार्ड, प्रशासकीय अधिकृत, राहदानी फाँटकी एक महिलासहित छ जनामा कोरोना पुष्टि भएको छ ।

प्रशासन कार्यालयका एक जना नायब सुब्बाको रिपोर्ट पोजेटिभ आएपछि गएको बिहीबार जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारी तथा थुनुवाहरु गरी ७१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो। थुनुवाको भने रिपोर्ट आउन भने बाँकी छ । साथै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादवले आज दिउँसो एक सूचना प्रकाशित गर्दै असोज २५ गतेदेखि ३० गते सम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर