१२ माघ २०७८, बुधबार
गृह मास्क लगाउँदा कहिल्यै नगर्नुहोस यस्ता गल्तीहरु
मास्क लगाउँदा कहिल्यै नगर्नुहोस यस्ता गल्तीहरु

काठमाडौं । कोरोना भाइरस बाट कोरोना आफु सुरक्षित रहनका लागी अति आवश्यक शाधन भनेको नै माक्स हो । तर हामीले माक्स लगाउदा खेरी ध्यान दिनु पर्दछ । तर, गलत तरिकाले माक्स लगाउँदा यसले सुरक्षा प्रदान नगर्न सक्छ ।

यहि कारण माक्स लगाउदा ध्यान बिचार गर्नु पर्दछ । मास्क सधैं मानिसको अनुहारमा टाँसिएको हुनपर्छ, माथि वा तल कुनै पनि दिशाबाट भाइरस नाक र मुखमा प्रवेश गर्न नपाओस । धेरै जसो मानीस हरुले खुकुलो गरेर माक्स लगाउछन । त्यसरी लगाउनु उपयुक्त हुदैन । मास्कले मुख र नाक दुुबैलाई ढाकेको हुनुपर्छ । तर अक्सर मानिसहरु ढाक्दैनन् । कतिपयले उनीहरुको नाकमुनी मास्क लगाउँछन र केवल मुखलाई ढाक्छन । यदी तपाईले मास्कले मुख र नाकलाई राम्ररी ढाक्नु भएन भने संक्रमित हुने संभावना निकै रहन्छ ।


मास्कलाई नियालेर हेर्नुस, त्यसमा एउटा पिन पनि हुन्छ, जो नाकमा फिट हुनेगरी बनाइएको हुन्छ । जब तपाई मास्क लगाउनुहुन्छ, यो पिनसहितको भाग माथि हुन जरुरी छ । कतिपय मानिसहरु उल्टो गरेर मास्क लगाउँछन र पिनसहितको भाग तल पर्छ ।

मास्कको भित्री भाग होस वा बाहिरी भाग, पहिचान गर्न कुनै अफ्टेरो कुरा होइन । त्यसैले कहिल्यै उल्टोगरी मास्क नलगाउनुस । यदी उल्टोगरी मास्क लगाउन थाल्यो भने यसको असर नराम्रो हुनेछ किनकी मास्कको बाहिरी भाग प्रदूषित हुन्छ ।

धेरै जसोले मास्कलाई बारम्बार छुने गर्छन । तर बाहिरी भाग प्रदूषित हुने भएकाले तपाईले लगाइरहेको समयमा मास्कलाई बारम्बार छुनु हदुदैन । यदी छुयो भने पनि हातलाई सेनिटाइजन अवश्य गर्नुस ।

एकपटक मास्क प्रयोग गरिसकेपछि त्यसलाई सेनिटाइज गर्न वा धुन जरुरी हुन्छ । यदी कपडाको मास्क लगाउनुुन्छ भने त्यसलाई तातो पानी र साबुनले राम्ररी धुनुस र घाममा सुकाउनुस । मास्क सधैं सफा हुनुपर्छ ।

यि उपाय हरु अपनायो भने कोरोना भाइरस संक्रमणबाट बच्न सकिन्छ ।

Facebook Comments

हरेक खबर खास खबर