८ माघ २०७८, शनिबार
गृह आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार
आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार

काठमाडौं । चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने जनाएको छ । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारले ध्यान आर्कशण नगरेको र वार्ता र संवादलाई औपचारिकतामात्रै सीमित गरेको भन्दै गुनासो गरेको छ ।

शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । चिकित्सक संघद्वारा जारी विज्ञप्ति अनुसार ‘२२ गते बिहीबारको वार्ता सकारातमक रुपमा अगाडि बढेको हुनाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ । संघले आइतबारसम्म पनि सत्याग्रहको अन्तय नभएमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत सरकारलाई दिएको छ ।


चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीलाई यसअघि आजै सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न आग्रह गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर