३१ जेष्ठ २०७८, सोमबार
गृह गृहमन्त्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमनमा
गृहमन्त्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमनमा

२ पौष २०७६ , काठमाडौ । नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गएको अवस्थामा गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बुधबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन गरेका छन्।
गृहमन्त्री बादल प्रधानमन्त्रीका सल्लकाहरुलाई लिएर अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्‍न विमानस्थलमा पुगेका हुन्। गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभी मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरेका थिए।

त्यसक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा पनि साथमा थिए। अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भए पनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिएको प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माण भइरहेको जानकारी दिए।


उनले नयाँ भौतिक संचरना निर्माण अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुविधासम्पन्‍न अध्यागन कार्यालयका रुपमा यो सञ्चालनमा आउन लागेको जानकारी दिए। निरीक्षणका क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमाल र सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत सहभागी थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर