१ आश्विन २०७८, शुक्रबार
गृह कांग्रेसको मुख्यालयमाा नेविसंघको रिले अनशन
कांग्रेसको मुख्यालयमाा नेविसंघको रिले अनशन

२ पौष २०७६ , काठमाडौ । ३२ वर्षे उमेरहद माग पूराकाके लागि नेविसंघले सानेपास्थित नेपाली कांग्रसको मुख्यालयमा कुन्दनराज काफ्ले समूहले आजदेखि रिले अनसन सुरु गरेको छ । आज पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन्। निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए। सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसनको सुरुवातको घोषणा गरे।

रिले अनशनमा बसेका विद्यार्थीहरुले यदि नेपाली कांग्रेसले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्‍ने चेतावनी दिएका छन्। नेविसंघका नेता नवराज त्रिपाठीसहितले रिले अनशनमा बसेकालाई टीका लगाइदिँदै मातृपार्टीले माग पूरा नगरेमा अझै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। कार्यअवधि सकिएपछि अहिले नेविसंघ मृतप्राय छ। कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ५० वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिन लागेपछि विद्यार्थीहरु पटक पटक आन्दोलित छन ।


Facebook Comments

हरेक खबर खास खबर