१ आश्विन २०७८, शुक्रबार
गृह नेकपा स्थायी कमिटी बैठक जारी
नेकपा स्थायी कमिटी बैठक जारी

२ पौष २०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति सदस्यहरुले राजनीतिक प्रतिवेदनका साथै समसामायिक एजेण्डमा धारणा राखिरहेका हुन् । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको छ । तीन दिनदेखि नेकपा स्थायी समिति बैठक बसिरहेको छ । आइतबारबाट जारी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।


Facebook Comments