२६ बैशाख २०७८, आईतवार
गृह विप्लवद्वारा सरकार बिरुद्ध संघर्षका कार्यक्रम घोषणा
विप्लवद्वारा सरकार बिरुद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । बुधबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै विप्लबले सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रममा कोण सभा, पर्चा वितरण, विरोध जुलुस लगायतका छन्। कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितराण र २० गते विरोध जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

उनले वर्तमान सरकार, जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन्।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन्।

Biplav Statement 1

Facebook Comments
+ posts

हरेक खबर खास खबर