२ जेष्ठ २०७८, आईतवार
गृह महिला बालबालिका पुनःस्थापना केन्द्र्रको भवन उद्घाटन
महिला बालबालिका पुनःस्थापना केन्द्र्रको भवन उद्घाटन

खोटाङ । महिला बालबालिका पुनःस्थापना केन्द्र खोटाङको भवन निर्माण सम्पन्न भएको छ ।

स्थानीय विकास मन्त्रालयको रु छ लाख, तत्कालीन जिल्ला विकास समितिको रु तीन लाख, प्रदेशसभा सदस्य उषाकला राईको संसदीय विकास कोषको रु पाँच लाख र चन्दा सङ्कलनबाट जम्मा भएको रु ६२ हजार र अन्य गरी कूल रु २२ लाखको लागतमा निर्माण भएको सो एकतले पक्कीमा भवनमा तीन कोठा रहेका छन ।

उक्त भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले दिक्तेलको रत्नपार्कस्थित किराँतचोकभन्दा माथिको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको केन्द्रकी अध्यक्ष पूर्णमाया तामाङले जानकारी दिए ।

केन्द्रको प्रथम साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हीरा गुरुङले सो नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गरे । सो अवसरमा उनले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता राईलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरे ।

साधारणसभाले केन्द्रको एकतले भवनमा तला थप गर्ने र घेराबार गर्ने, हिंसापीडित महिलालाई पुनःस्थापना गर्ने, मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्ने, पीडित महिलालाई आयआर्जन गर्न सक्ने सीप सिकाउनेलगायतका भावी योजना तय गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललगायत सहभागी थिय।

Facebook Comments
+ posts

हरेक खबर खास खबर