५ जेष्ठ २०७८, बुधबार
गृह हावाहुरी पीडितलाई राहत वितरण
हावाहुरी पीडितलाई राहत वितरण

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० परिवारलाई चामल वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो । पीडितका लागि गाउँपालिकाले रु। पाँच लाख लागतमा २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर