२६ बैशाख २०७८, आईतवार
गृह नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय
नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय

काठमाडौं । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्दै केन्द्रीय समिति बैठकको मिति हेरफेर गरेको हो ।
सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उनको भनाइ छ। बुधबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए ।

बैठकमा कात्तिक २८ गतेको सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको जस्तै राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओलीले पेश गर्ने जानकारीसमेत गराइएको श्रेष्ठले बताएका छन ।

‘पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयलाई लिएर यसको निवारण गर्ने विषयमा छलफल गर्दै आजको बैठक सकियो’, प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले
कमरेड अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने भन्नुभएको कुरा सचिवालयमा जानकारी गराइएको छ ।’

यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्तावसमेतलाई लिएर छलफल गर्नेगरी मंसिर १३ गते सचिवालयको अर्को बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर