२६ बैशाख २०७८, आईतवार
गृह दूधमा खीर पकाउ छु भनेर भातको माडमा मोहि मिसाउनेहरु
दूधमा खीर पकाउ छु भनेर भातको माडमा मोहि मिसाउनेहरु

काठमाडौं । सत्यता, यर्थातता, बैज्ञानीक चिन्तन, समाजिक परिवेश पार्दशिता र बैचारिकताको ज्ञान एउटा खुट्कीलो ज्ञान हाम्रो समाजमा माथि चड्ने आधार हो । मान्छे हरु भन्छन् नेताहरु अन्धभक्त हैन तर अन्धविश्वासमा ब्यक्तिवादहरु आज समाजवादको नारा गन्काउदै उहिँ पुरानो शैलिमा र गलत कुराको पछि लागि रहेका छन् अन्द भक्तहरु ।

साच्चै यो देश र परिवेश बिगार्ने दोन्दको एजेण्डाहरु भुल्ने विद्यार्थी आन्दोलनमा दशकौँ सम्म पुष्ता हस्तान्तरण गर्न नसक्ने कोहि अन्दभक्तहरु आफुलाई यो देशको नेतृत्व गर्न सक्छु भन्ने स्यालहरु खुल्म खुला सडकमा उत्रियका देखिन्छन् । विश्वविद्यायलमा हुने राजनीति अबको पसष्ता हस्तानतरणमा जोड दिन जरुरी छ । प्राविधिक ज्ञान र सीपको व्यापकरुपमा व्यवसायिक शिक्षा हरेक नेपाली विद्यार्थीको पहँुचमा पुग्न आजको आवस्यकता हो ।

समाजमा भएका कुदृष्टिहरु बैज्ञानीक समाजवाद सम्म आइपुग्दा कम्तिमा आधारभुत आवस्यकता पुरा गर्न नसक्ने र पुरानै पुजिवादको शैलीलाई झेलिरहेका छन् नेपाली जनाताहरुले, परम्परागत शैली अझैपनि व्यवसायिक शैलीमा रुपान्तरण परिर्वतन भइरहेको छैन् ।
पुजिवादका पुजारीहरु सताब्तीऔँ सम्म बंशवादको बचाउ गर्ने नक्कली समाजवादीहरु हुन ।

आजको आवश्यकता स्वास्थ्यमा जस्तै व्यवसायकि शिक्षामा क्रान्ति हुन जरुरी छ । जसरी आजकाल नयाँ क्रान्ति भएको छ त्यसरीनै यो समाजका हरेक क्षेत्रमा व्यवसायिकता र जीबन शैलीलाई अझै क्रान्ति गर्न जरुरी छ । सबै भन्नदा महत्वपुर्ण कुरा व्यवासाकि शिक्षालाई जोड दिनु हो । यहाँको पर्यटन क्षेत्रमा विकास देश सम्पन्न बनाउनुमा व्यापक क्रान्ति हुन्छ । गणतन्त्रको दशकौँ सम्म पहिले नै गरि सक्नुपर्ने काम , विकास , समृद्धिहरु धरै पछाडि छन् ।

दुधमा खिर पकाउछु भनेर भातको माडमा मोहि मिसाउने हरु क्रान्तिका झोलेहरु हुन यस्तै तरीकाले अबको समाजको क्रान्ति चल्नेवाला छैन । यसमा अवस्यपनि बैकल्पिक धारको साधन जनताले प्रयोग नर्गलान भन्न सकिदैन । जनतामा धेरै चेतना विकास भैसकेको छ । उमेर ढल्केर आफुलाई युवा भन्नेको क्रान्ति छैन । यसमा पुष्ता हस्तानतरण गर्न महत्वपुर्ण छ । चोहे त्यो राष्ट्रिय राजनीति होस यात विश्वविद्यालयको विद्यार्थी राजनीति होस पुष्ता हस्तानतरण गर्न पछि नहटे हुन्छ । यदि यो तरीकाले चल्दैन भने बैचारिकता तोडिन पनि सक्छ । त्यसो भएको हुनाले दोस्रो पुस्तालाई अझ भनौँ पछाडिको युवालाई नयाँ सोच र क्रान्तिका साथ बैचारिकता र नेतृत्व सुम्पिनु पछि हट्नु हुदैन् ।

इतिहासले चरेका रक्तिन पाईलाहरु यस्तै कुल्चिएर हिड्न पाईने वाला छैन । नेपाली जनताले ल्याएको संबिधानका रगतका थोपा हरु मिलेका छन् । राष्ट्रिय एजेण्डा बगरको वालुवा सरि व्यवारीसे बनाउन पाइनेवाला छैन् । नेपाली जनतामा त्यो चेतना छ, र हामी नयाँ युवाहरुसँग विश्वविद्यालयको अध्ययन र समाजको तितो यर्थात सबै थाहा छ । अरुलाई अन्धभक्त भनाएर सक्तिशालि भन्न खोज्ने हरु काम नगरि राष्टिय मुद्दा र आजको समाजको आवस्यकता पटक पटक फेरि रहेका छन् ।

विश्वविद्यालयको विद्यार्थी आन्दोलन हिजो भन्दा फरक हुनुपर्छ । यसमा दोस्रो पुष्ता हाबि हुन जरुरी छ र तयार छौँ मैदानमा खेलाडि भन्नलाई ।
नेपाली जनताको मुद्दा उठाएर नयाक बन्नेहरु अहिले नाम र बोलि फेरे जस्तो गर्छन् । हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कोलो बजारी, दाईजो पर्था, दिन दो गुना रात चौगुना मौलाइरहेको छ । यसमा सम्बन्धित सरकार र निकायको बिषेस ध्यान जाओस ।

समाज साच्चीकै नेपाली जनताले परिकल्पना गरेको जस्तो हुनुर्पछ । शिक्षा, स्वास्थ्य, रोजगारी पर्यटन व्यवसाय, कृषिक्रान्ति लगायतका विषयमा विकासको छलाङ मार्न आजको राष्ट्रियता मुद्दा हुन सक्छ । दोन्दपडितका समस्या र यो देशमा संबिधान ल्याउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका महान जनयुद्धका सहितहरुको सपना र सहित परिवारहरुका सपना आजको राष्ट्रिय एजेण्डा हो । घाइते अपांग लगाएत सबैलाई समेट्न आजको सरकार चेकेको छ । यो राष्ट्रिय मुद्दाहो जति समृद्ध गर्न सकेपनि यदि उहा हरुलाई समेट्न सकिदैन भने त्यो अवस्थामा चुकेको मानिन्छ । यसमा बोलि फेरिनु हुदैन् ।

यो कुरा नेपाली जनताले भुल्न सकेका छैनन् । एउटा लाल्टिनले उ्रज्यालो कम दिएको महशुस गरिन्छ भने यता नयाँ टुक्किको बाल्ने तयारी हुन्छ । यात सोहि लाल्टिनमा नयाँ टुक्कि जडान गर्नु पर्ने आवस्यकता हुन्छ । स्वास्थ्यमा विकास एकै साथ देशै भरि ल्याउनु राम्रो हो त्यसमा सम्मान छ । यसै गरि सबै क्षेत्रमा छलाङ जरुरी छ बैज्ञानीक समाजका र बैज्ञानीक विकासमा यो एक अन्जुली पनि हैन यहि तरीकाले अझै राजनीति नेतृत्वमा सुधारात्मक ढङबाट अगाडि बढेन भने रुसमा भएको क्रान्ति र चिनमा भएको क्रान्ति जोड्न सकिन्छ । विश्वविद्यायको अध्यनले आजको समाज पढ्न र भावि नेतृत्वलाई बुझन् सक्ने भएको हुने हैसियत आज अध्ययनले म लगायत मेरा सहपाटिहरुलाई सीकाएको छ ।

Facebook Comments
+ posts

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।