२४ बैशाख २०७८, शुक्रबार
गृह ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता
ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कारवाहि गरिउको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ ।

बहुमत केन्द्रीय सदस्य सहभागी मंगलबारको बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो। यही जानकारीसहितको पत्र नेताहरूले आयोगमा दर्ता गराएका हुन् ।

ओलीलाई कारबाही गरेको पत्र लिएर नेकपाका नेताहरू सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र केन्द्रीय सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधान आयोग पुगेका थिए । प्रचण्ड–नेपाल पक्षको उक्त पत्र दर्ता भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेका दाबी गर्दै आएको छ । नेकपा गठन हुँदा तत्कालिन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।

त्यसपछि एकता प्रक्रियाबाट आएका ५ जना केन्द्रीय कमिटीमा थपिएका थिए । तर, राजनीतिक नियुक्ति र मृत्युजस्ता कारणले नेकपाको केन्द्रीय कमिटी संख्या हाल २३८ जनाको रहेको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।

उनका अनुसार यीमध्ये मंगलबारको दाहाल–नेपाल समूहको बैठकमा ३१५ जना उपस्थित थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर